Covid Period कोभिड काल

246

कोभिड काल
                                                                                                                                           ओजोन बाबु 

भडांर नै रित्तो भएको फिल हुनेगरी रित्तै थियो भँडारे , अलि पर्तिरको रमाईलोमा खल्लो लाग्यो । रसुवा त झन रसिलै थिएन , उराठ थियो ।
तिर्खाको तिर्खा त राजापानीको टिठलाग्दो परिस्थितिमै मरिसकेको थियो ।
हरेक भञ्ज्याङ÷चोक÷गौँडामा एकथान प्रहरी(मेरो साथी) भेटिन्थे , छेउछाउमा एकथान स्वास्थ्यकर्मी पनि । पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी बज्नासाथ ब्रदरले घ्याच्च गाडी रोक्नुहुन्थ्यो ।
सरहरु काँ बाट?

“त्यो÷बहत्तरको÷भुकम्पको दिन ४१।४२ जनाको लागी भात पाक्दै थियो, यहाँ बाहिर आँगनको चुल्हामा । लोकल कुखुराको मासु पनि ।
भात त पाक्यो तर सबैलाई एकैचोटी खुवाउन नसकिने, भाँडै थिएनन् । लु २०।२५ जनालाइ पठाइदिनु भनेर थाल बटुका तयार गर्न थालेँ । सबै हुरुरु आउँछन त !

हन् पालै पालो खाँदा हुँदैन भन्दै छु । हाहाकार मच्चिहाल्यो । जमिनै हल्लिन थाल्यो । यत्राको २०।२५ । आँगनको चुल्हामा ४१।४२ लाई पाकेको मासु भात भरे दिउँसो १०० जना भन्दा बढीले चौरीमै खाए । बहत्तरको त्यो भुकम्पको बेला भात खाने मन कसलाइ थियो र ।”

सिम्पानी बजारमा साँझमै खाइयो खाना । आज खाना धेर खाइयो लौ , भनेर यस्सो ढल्किँदै थिएँ , “मनमा आनन्द भएसी खाइन्छ हौ सर ” भनेर दिनेश सरले गम खानुभयो । त्यही मौका पारेर १२।१३ बर्ष देखी सिम्पानीमा होटेल, पसल गर्दै आएका गोपाल घिमिरेले मन लागेर , आनन्द लागेर पो खाइन्छ । भोकले मात्र कहाँ खाइन्छ र भन्ने शिर्षकमा भुकम्पमा कसैलाइ अनन्द नभएको किस्सा सुनाए ।

कोभिड उन्नाइस उर्फ कोरोना भाइरसको जगजगी निकै बाक्लीदैँ गएपछी ,
होटल पसल बिहान ७ देखी १० ,
औषधी जन्य नियमित,
क्यारेम बोर्ड लागाएत सबका सब मनोरञ्जनका खेल पुर्ण रुपमा बन्दै गर्ने ,
जमघट , हो हल्ला नगर्ने ,
अत्यावस्यक काम बाहेक आवात जावात नगर्ने ,
लगायतको व्यहोरा भएको खोटेहाङ गाउँपालिका ८ नम्बर वडा कार्यलय सिम्पानीको सूचनाको तल दाहिने कुनामा हस्ताक्षर सहित भेटिए वडा सचिव दिनेश वस्नेत । जो सिम्पानी बजारमा साँझै नपरी भात खाइदिन्छन र “मनमा आनन्द भएसी खाइन्छ हौ सर” भन्दिन्छन ।
खोटेहाङको सिम्पानीमा साँझै नपरी डिनर खाइसकेर हाम्लाइ होटलमा भेट्न आएका मित्र बस्नेतले ब्यान कतिबेला जाने भन्दा पो क्या तनाव भइगयो ।
बिहान कतिबेला जाने त ? भनेर सोच्नु पनि गह्रौँ भारी बोके झैँ हुने अवस्था छ ।

“अब ब्यान क्यै खाएर मात्र हिँड्नु पर्ला, बाटोमा भात बिक्रीमा छैन आजकल ।” साहुजी बोल्नुु भयो । तर रसुवा भँडारे तिर त पसल होटलहरु खुल्लै थिए । सायद मान्छेका मन बन्द थिए , मतलब डराएका थिए ।

   

“आःऽऽऽऽ म त डराउँदिन, कोरोनै लागेको मान्छे त यहाँसम्म आई पनि पुग्दैन होला नि त । अब व्यापारीको धर्मै हो , गरिन्छ व्यापार ढुक्कले । बरु यस्तो बेला खान बस्न दिए धर्मै पो होला । त्यत्रो भुकम्पमा त सब ऊ त्यहाँ बारीमा गोठ बनाएर बसे , बाहिरका मान्छे नी थिए । म त भात पकाएँ , खुवाएँ यतै बसेँ । ”

कस्तो लाग्यो ?
– गज्जबै लाग्यो ।
एउटा साँघुरो , अँध्यारो कोठामा विस्तारै रात प¥यो र बिहान भयो । शौचालय टाढा भएकोले राती पानी चैँ फिटिक्कै पिइएन भन्दा पनि हुन्छ ।
एक दिनको बिहान , लु न त जाम, जानै छ आखिर भनेर प्लान बनेपछी यात्राको ग्य्राण्ड डिजाइन बन्यो । क्रमशः नगरपालिकाको सिफारीसमा जिल्ला प्रसासन कार्यालयले एक थान चिर्कटो थमायो । जसमा निजलाई जिल्लाभरी आवातजावात गर्न दिए फरक नपर्ला भन्ने खालको ब्यहोरा उल्लेख थियो ।

भोलिपल्ट बिहान उसलाई टेक्स्ट गरेको थिएँ “ गुड मर्निङ ब्रदर , अब खेल ( यात्रा ) सुरु गरम त !”  खासमा म उसलाई ब्रदर, सर , ब्रो जे पनि भन्दिन्छु । नाताका मन्छे पनि हुन उनी ÷ हुनुहुन्छ उहाँ । हामीसँग स्टाफ स्टाफवाला साइनो समेत छ फेरी ।
सातुमा पानी घोलेर घुट्क्याएपछी एन नाइन्टी फाईभले दाह्री छोपेर निस्किएँ , क्यापटोपी र बुटजुत्तामा ।
दुइवटै कानको प्रत्यक्ष सहभागीतामा मास्कले मुख छोपेर मास्काबादी हुनु त ठिकै होला, तर लकडाउनको कृपाले मौलाएको दाह्री नै ओझेल पर्ने गरी एन नइन्टी फाईभलाइ साक्षी राख्दा चैँ खास मख्ख पर्न सकिएन ।

नुनखला ( पछी नुनथला भनिएको रे ) मा के भयोे भन्नुहुन्छ भनेँ नी , बाटोको छेउपट्टि प्रहरी बुथ छ हगी ! रिमरिम उज्यालो÷अँध्याारो छ । बुथछेउमै गाडी के पुगेको थियो , बुथका प्रहरी उछिट्टिएर एकदमै आपतमा झैँ गाडीमै टास्सिउँला झैँ झैँ भएर सरहरु काँ सम्म भन्नु भो करिब करिब आधा सासमा ।
– फलानो ठाउँसम्म ।
– पास छ ?
छ , देखाउँ ? टाइप्सको मेरो मुद्रा देखेर र घाँटीमा निलो डोरीमा यस्सो नजर अन्दाज गरीवरी निजले ल ल ठिक छ भनेपछी , करिब करिब ४ कि.मि. सम्म त हाम्रो गफको विषय नै “ यार यो पुलिस त के साह्रो आत्तेको ” वरिपरी घुमीरह्यो ।

झोलाभरी इनर्जी ड्रिङ्क लगायतका जुस पदार्थ, चाउचाउ, र चकलेट , बोइल्ड अण्डा , कोचिएका थिए , केही पेटमा भरिएका थिए । बर्षातको समयमा खोला नालाको पानी धमिलिएर स्ट्रङ मिल्क टी झैँ रङमा बगिरहेका थिए । तिर्खा मडारिएर घरी घरी घाँटीमै आइपुग्थ्यो र फेरी तलै फर्किन्थ्यो ।
राजापानीमा पानी पिउँ न त भनेर यस्सो अडिन खोजेको पसलको तारबार, घेराबार देखेर आँटको जाँगर मरेर आयो ।
राजापानीको खङ्ग्रङ्गै सुकेको ओरालो कटेपछी फेदीमा लमतन्न फिँजारिएको रेग्मीटारमा पसल बन्द गरेर तमाम साहुजी साहुनी बरण्डामा हावा खाँदा थिए ओःऽऽऽऽ रमित हेर्दा थिए ।
भडांर नै रित्तो भएको फिल हुनेगरी रित्तै थियो भँडारे , अलि पर्तिरको रमाईलोमा खल्लो लाग्यो । रसुवा त झन रसिलै थिएन , उराठ थियो ।
तिर्खाको तिर्खा त राजापानीको टिठलाग्दो परिस्थितिमै मरिसकेको थियो ।
हरेक भञ्ज्याङ÷चोक÷गौँडामा एकथान प्रहरी(मेरो साथी) भेटिन्थे , छेउछाउमा एकथान स्वास्थ्यकर्मी पनि । पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी बज्नासाथ ब्रदरले घ्याच्च गाडी रोक्नुहुन्थ्यो ।
सरहरु काँ बाट,
गन नभएका प्रहरीले बाटो छेक्नुहुन्थ्यो । म यहाँबाट त्याहाँसम्म भन्ने वेलिविस्तार लगाएर , पास छ ? भन्ने प्रस्न तेर्सिनुभन्दा अगाडी नै तयार पारेर देखाउथेँ । हामीले निलो डोरी पनि देखिने गरी घाँटीमा झुण्डाएका थियौँ । त्यो डोरी वास्तबमा पास नै नभएपनि हाम्रो नजरमा पासको भाइ सम्म चैँ हो की भन्ने लागेको थियो । प्रत्येका नाका÷प्रवेशद्धारमा भएका प्रहरीको ससंकित आँखा निलो डोरीमा पुगेपछी आधा सन्तुष्ट भएर फर्किन्थ्यो र बाँकी सन्तुष्टि चैँ पास पत्रले दिन्थ्यो ।
अनि गन सहितकी हसीँली स्वस्थ्यकर्र्मीले ताकेर गन तेर्साउनुहुन्थ्यो निधारमा र प्रहरीले जान दिएको अनुमतीलाइ स्वास्थ्यको नजरबाट अनुमोदन गर्दिनुहुन्थ्यो ।

कोभिडकालमा थर्मल गन नामको गनको प्रहार खुब खाइयो हगी !

“ स्थनियहरु ससंकित छन, कोही सकृय रुपमा सुरक्षा चेतनाको अभियानमा पनि छन , कोही भित्री स्यानिटाइजर भन्दै दिन रात रक्सि पिउँदा छन , कोही बाहिरबाट गाउँ भित्रिएर क्वारेण्टिनमा नबस्नलाई अनेक पावर भिडाउँदा छन , यस्सो सम्झाउन खोजे अर्को पटक भोट चाहिएला नि समेत भन्दा छन , कोही क्वारेण्टिनमा सुविधा पुगेन भनेर आन्दोलन गर्दा छन, तोडफोड गर्दा छन , कोही कोही त अध्याक्ष ज्यू कोरोन सल्कीसक्यो क्यै गर्न सक्नुहुन्न ? भनेर धम्क्याउँदा छन । ”
“ यस्तै छ हौ हाम्रो पालिकामा , तपाइँहरुको तिर कस्तो छ ?

 

वास्तवम मास्कले छोपिएका अजनवी अनुहारहरु अजनवी नै रहन्थे । अब त पिर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र् सिट्ठी नबजी नै प्रहरिय पोशाक देख्नासाथ हामी रोकिन्थ्यौँ र फटाफट तयारी हुन्थ्यौँ , तयारी प्रश्नको पुरै तयारी जावफ दिइवरी, पास देखाइवरी , गन खाइवरी पास हुन्थ्यौँ ।

जसोतसो गाउँपालिका पुगियो । गाउँपालिकाको मुखैमा गाडी थन्क्याउन लगाएर एकथान प्रहरी मित्रले चाबी यहीँ छोड्नुस सरहरु भन्नु भो – ( हामीसँग पास थियो ) , र भन्नु भो – स्थानिय युवाहरुले बजारमा टाइट गरेका छन ५ बजे भन्दा अगाडी गाडि चलाउन पाइन्न ।
जवाफमा , ५ बजेपछी कोरोनाले आराम गर्छ हो ? भन्दिएँ मनमनै ।

ल ठिकै छ नि त हामी गाउँपालिकामा कामले आएका थियौँ प्लस इलाका प्रसासनमा पनि काम छ , हामी फर्किहाल्छौँ काम सकेर भनेपछी , गाडी छोडेर हामी मात्र पास भयौँ । त्यसपछीको करिब करिब ३० मिनेटको पैदल यात्रामा हाम्रो गफको बिषय थियो , क्या जमान आयो है यार ,
–उम !

गाउँपालिकाको गेटमा स्यानिटाइज भएपछी हामी गाउँपालिका अध्यक्षको चिटिक्कको क्याबिनमा छौँ । उहाँले मगाउनुभएको कालो चिया वास्तवमै मिठो छ । यत्रो यात्रामा मन लाएर बल्ल कसैले चिया खुवाएको छ ।

गा.पा अध्यक्षको गुनासो टाइप्सको अनुभव चियामा मिसाइएको छ , – “ स्थनियहरु ससंकित छन, कोही सकृय रुपमा सुरक्षा चेतनाको अभियानमा पनि छन , कोही भित्री स्यानिटाइजर भन्दै दिन रात रक्सि पिउँदा छन , कोही बाहिरबाट गाउँ भित्रिएर क्वारेण्टिनमा नबस्नलाई अनेक पावर भिडाउँदा छन , यस्सो सम्झाउन खोजे अर्को पटक भोट चाहिएला नि समेत भन्दा छन , कोही क्वारेण्टिनमा सुविधा पुगेन भनेर आन्दोलन गर्दा छन, तोडफोड गर्दा छन , कोही कोही त अध्याक्ष ज्यू कोरोन सल्कीसक्यो क्यै गर्न सक्नुहुन्न ? भनेर धम्क्याउँदा छन । ”
“ यस्तै छ हौ हाम्रो पालिकामा , तपाइँहरुको तिर कस्तो छ ?

पालिकाको हालखबर सोध्दा यस्तो जवाफ पाएर ताज्जुब लाग्यो । हाम्रोतिर नी यस्तै छ । वास्तमै देशैभरी यस्तै छ भन्ने हाम्रो गफले निचोड निकाल्यो । चिया सकियो, काम पनि सकियो ।

यता चाबी जिम्मा लिएका प्रहरी हामीलाइ धुइँधुइँति खोज्दै रहेछन ।
सर तपैँहरुको चाबी जिम्मा लिनुुस , मेरो सिफ्ट फेरिन लाग्यो । म जन्छु अब । बजारभित्र चैँ गाडी नचलाउनुस है , पास भए पनि स्थानियको अभियान हो क्यारे सहयोग गर्दिनु होला भन्दै बाटो लागेपछी हामीलाइ मान्न करै लाग्यो ।

ईलाका प्रशासनमा हाइ हेल्लो नमस्कार सँगसँगै के था भइहाल्यो भनेँ आज यो ठाउँमा बास पाइन्न् ।

नबराज ब्रदरले गुनासो मिस्रित स्वरमा प्रस्तुत भयो –तपैँले टेन्ट बोकेको भए अघिको जंगलमा क्या दाम्मी क्याम्प फाइरिङ हुन्थ्यो है सर !
म – हो नी त हगी !
उहाँ – उम्म त !
अब दुबैको हाँसो गुञ्जिएको छ । आफ्नै गम्भिर अवस्थामाथी मज्जाको हाँसो बर्साएपछी जे त होला भनेर हामी रिटर्न ब्याक भयौँ ।
खोटाङबजारबाट सिम्पानी तिर ( सिम्पानी बाट खोटाङबजार तिर ) लम्किँदै गर्दा दुबै तर्फबाट ओरालो सकिएपछीको भित्तामा अडेस लागेकी पिखुवा देवी भेटिन्छिन ।
कलकल धारमा खलखल मुख धुएर, भित्तामा टल्किएको ऐनामा चटक्कै हेरेर÷परेर पिखुवा देवीको शरणमा पर्‍यौँ हामी ।

माते जसोतसो काम त सकियो । गासबासको जिम्मा तपैँको है त ! भनेर धारामा अँजुली थापेर घटघट पानी पिएपछी यात्राको यात्रा सुरु भयो ।
सिम्पानीमा दिनेश बस्नेतको विशेष सकृयतामा १२।१३ बर्षदेखी भाडामा पसल होटल एण्ड लज धुमधाम चलाएर बसेका गोपाल घिमिरेले शरण दिन सफल भए, साँझ पर्नै लाग्दा ।

   

गोपाल दाइको चिनी र तातोपानीमा मेरो कफीधुलो मिसिएर÷घोटिएर÷घोलिएर स्ट्रङ ब्ल्याक कफी बन्यो ।
मैले स्मार्ट÷एन्ड्रोइड÷दलुवा फोनबाट अस्थायी सन्यास लिएपछी त्यसको सट्टामा किताबले झोलामा भरपुर ठाउँ पाउन थालेको छ आजकल । ब्ल्याक कफीको प्यालातिर आँखै नलाइ यस्सो छामछाम छुमछुम गरेर कफी निल्दै पुस्तकमा घोत्लिएको म कोरोनाको कहरले दिनु दिएको यातना बिर्सदाँ भएँ ।
एउटा साँघुरो , अँध्यारो कोठामा विस्तारै रात प¥यो र बिहान भयो ।

यात्रा सिम्पानीबाट ओरालो लागेको छ । झोलाले पूनः जुस, इनर्जीवाला पेय, चाउचाउ, चकलेट , बिस्कुट र उसिनेको अण्डाको भारी बोकेको छ ।

जंगल छिचोलेपछी बाटो तेर्सिएको छ । तेर्सो बाटोमा एकजना जेष्ठ नागरिक बाजे लट्ठीलाइ आफ्नो ढाडमा तेर्सो बनाएर अड्याएर , त्यसका दुवै तर्फका हात पछाडीपट्टी लट्ठीमाथी रखेर, अब यो बाटो मेरो हो , टाइप्सले मनमौजी सडक विचमा हिँडिरहनु भएको छ । टिःँऽऽऽऽऽऽऽ हर्नको तिखो आवाजले उहाँको सात्तो नगएको हामी अनुमान लगाउन वा कामना गर्न मात्र सक्छौँ । सडक किनारपट्टी छड्कीउर उहाँ मुस्कुराउनु भएको छ । यो लिच्की राम्चे हो ।

बाटोहरु दायाँ, बायाँ, सिधा अगाडी समेत हेर्दा तीनवटा मुख आँःऽऽऽ गरेर तेर्सिएका छन । हामीसँग झोलाले टन्न खानेकुरा बोकेको छ, समयो सिमै छैन भनेँ किन हामी सिधा बाटो छोडेर अर्को बाटो नहिँड्ने त, भन्ने विषयमा छलफल सुरु भयो । र ठाउँको ठाउँ हामी दुइ सदस्यले सर्व सम्मत निर्णय पारित ग¥यौँ र सिधा बाटोलाइ मुल्तवीमा राखेर बायाँ मोडिएका छौँ ।

सँधै राइट वे मा हिँड्नु पर्छ भनेर धुरुन्धार अध्यान गरेका हामी यसपाली भनेँ राइट वे छोडेर लेफ्ट मोडिएको केही समय मात्र के भएको थियो, हामी गलत सावीत हुन सफल भर्यौँ ।
निकै ठूलो फाटिँलो मैदानमा १०।१२ वटा भिमकाया ज्यान भएका आँपका रुख सिंगल सिंगल उभिँएका छन , चोर औँला (इन्डेक्स फिंगर)ले एक , दुइ, तीन भनेर गन्दा आँखा अगाडीका ठ्यक्कै १६ जती घरले आफ्ना बासिन्दा गुमाएका रहेछन ।
घरहरु मस्त हाँसीरहेका देखिएका छन, मान्छेका शासन÷अनुशासन बाट मुक्त भएका यि घरहरु क्या मस्त देखिइरहेका छन हगी नवराज सर !
उहाँ भन्नुहुन्छ होइन सर , मान्छे नभएर यि घर उजाड छन ।

खैर, म पदम सरलाइ झटपट सम्झिन्छु, यो उहाँको बुढी÷श्रीमती÷जोई÷जहान÷स्वास्नी÷अर्धाङ्गिनी÷जिवन सङ्गिनी÷वाईफ………….को माईती गाउँ हो ।
टिरिङ………….. टिरिङ……………… टिरिङ……… टिरिङ…………. टिरिङ……. हेल्लो, पदम सर म तपाँइको ससुरालमा छु मतलब गाउँमा छु , ताज्जुपको कुरा म भोकै छु । अर्को ताज्जुपको कुरो म हराएको छु ।
उहाँ हा ……..हा ……….. हा …………. हाँस्नु हुन्छ , अनी भन्नु हुन्छ , हँसाउनु हुन्छ यारररररर ! पछाडी लक्ष्मी जी समेतको हाँसो खप्टिन्छ ।
काँ हिँड्नु भको ?
घुम्न ।
हन् यहाँका मान्छेहरु कहाँ गए हौ लक्ष्मी जी ?
ये ये त्याँ पो पुग्नु भयो , त्याँका मान्छेलाइ त पानीले बसाइँ हिँडायो नी ।

   

पानी त हाम्रो झोलाले पनि बोकेको छ , हामी सम्झेर घुटक्याउछौँ ।
ओके सि यू सुन म्यान , भनेर , चार फन्को लाएर । जुन बाटो आएको त्यै बाटो फर्किएपछी तीनमुखे बाटो भेटिँदा झनझनै खुसी भैजान्छौँ । ओरालै ओरालो रसुवा, तेर्सै तेर्सो रमाइलो, भँडारे, रेग्मिटार । उकालै उकालो राजापानी , बुइपा, माहुरे, नुनथला , मुढेलाइ साक्षी राखेर अर्को यात्राको तयारी गर्न हामी बिसाउछौँ ।

साप्सुखेलाभरी माछासरी÷किरासरी अटीँनअटी मान्छे मान्छे थिए । दुवाली छेकेर÷फर्काएर माछा टिपिरहेका ।

 

     

कोरोना किरा आए, लकडाउन गराए, माछाको सत्यनाश ।
१३ डिसम्बर २०२० ।

 

Read Also